शनिबार र आइतबार वर्षाको सम्भावना

काठमाडौं, १९ फागुन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्‍चिमी न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

मौसमविदका अनुसार पश्‍चिम नेपालबाट नयाँ प्रणाली भित्रिएको र यसकारण अब २-३ दिन यसले मौसममा बदली गराउने छ । जसकारण शनिबार साँझदेखि पश्‍चिम नेपालमा तथा आइतबार काठमाडौंसहित मध्य र पूर्वी नेपालमा मध्यम वर्षाको सम्भावना छ ।

आज विहानैदेखि देशका धेरै स्थानको मौसम धुम्मिएको छ । काठमाडौंमा पनि आज घाम लाग्‍ने सम्भावना कम नै छ । विस्तारै जाडो महिना सकिँदै जाने यस समयमा वर्षा हुनाले न्युनतम तापक्रम फेरि केही घटेर चिसो कायमै रहने छ ।

यसपालि फागुनदेखि वैशाखसम्म औसतभन्दा केही बढी वर्षा हुने मौसमविदको अनुमान छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय