टिकटक कम्पनीले नेपालीलाई जागीर दिने, नियम पनि मान्ने

काठमाडौं, १९ फागुन । नेपालमा टिकटक खोलिदिन आग्रह गर्दै टिकटक कम्पनीले सरकारलाई पत्र लेखेको छ ।यस अघि टिकटकले दुई पटक सम्म प्रतिनिधि पठाएर बार्ता गरेको थियो।

पत्रमा टिकटक कम्पनीले नेपाली नियमहरू मान्ने, डाइरेक्ट रिपोर्टिङ गर्न मान्छे राख्ने, नेपाली बुझ्ने मान्छे आफ्नो टिममा राख्ने र डिजिटल साक्षरता कार्यक्रमहरु सञ्चालन गरेर टिकटकलाई अझै राम्रो बनाउने समेत भनेको छ ।

टिकटक कम्पनीका प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्न चाहेपनि प्रधानमन्त्रीले भेट्न मानेनन् । त्यसपछि सरकारका प्रबक्ता समेत रहेकी सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले टिकटकका प्रतिनिधिसंग छलफल गरेकी थिइन।

ती प्रतिनिधि फर्किसकेपछी टिकटक कार्यालयले नै नेपाललाई पत्र लेखेर टिकटक खोल्न आग्रह गरेको हो। टिकटक खुलेमा नेपालीले जागिर पाउने आशय समेत पत्रमा उल्लेख छ। तर, सरकारले भने तत्काल टिकटक नखोल्ने भएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय