चलचित्र ‘रंगेली’ सेन्सरको लफडामा,दिपकराज गिरिको आपत्ति

काठमाडौ,१८ फागुन। दयाहाङ राई अभिनित नेपाली चलचित्र ‘रंगेली’ लाई चलचित्र सेन्सर बोर्डले रोकेको भन्दै बिरोध सुरु भएको छ।

मोरङको रंगेली नगरपालिका भित्र छायांकन गरिएको चलचित्र नामको कारण नै सेन्सरमा अड्केको हो। फागुन २५ बाट प्रदर्शनमा आउने भनिएको चलचित्र सेन्सर पास नभएपछि चलचित्रको निर्माण पक्ष समेत तनाबमा छ।

ग्याङ्स्टारको कथा भन्ने चलचित्र रंगेलीलाई एक्सन प्रधान चलचित्रको रुपमा निर्माण गरिएको छ। चलचित्रले ठाउँको नाम राखेकोले सो नगरपालिकासंग स्वीकृति लिएको नलिएको बारे चासो राखेको र लिएको भए स्वीकृति पत्र देखाउन भनिएको सेन्सर बोर्डले जनाएको छ।

यसै बिषयमा चलचित्र निर्माता एवं कलाकार दिपकराज गिरिले ठाउँकै नामको आधारमा सेन्सर बोर्डले गरेको निर्णयलाई ‘सेन्सलेस सेन्सर बोर्ड’ समेत भनेका छन् ।

दिपकले सामाजिक संजालमा लेखेका छन,-‘कश्मीर फाइल्स !उडता पन्जाव !! दिल्ली बिल्लि !!! खै भारतमा त ठॉउको नाममा टन्नै फ़िल्म बन्छ त यो “रंगेली “ चाहि किन सेन्सरमा परेछ … सेन्सलेस सेन्सर बोर्ड !!’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय