महानगरको डोजरले नायिका रेखाको घर भत्काएपछि…

काठमाडौं, १८ फागुन । काठमाडौं महानगरले नक्सा पास नगरी बनाएको भन्दै नायीका रेखा थापाको घर भत्काउन थालेपछि त्यहीँ उभिएकी नायिका थापा बेहोस भएकी छिन् । यतिमात्र होइन सडकमा थापेको पसल लुटिएको छ भने हुलदङ्गा हुँदा गाडीमा समेत आगजनी भएको छ।
उनको त्यो घर बैंकबाट ऋण लिएर बनाएको र ऋण चुक्ता गर्न समेत बाकी छ । घर भत्केपछि साथीकोमा बस्न पुगेकी उनलाई साथीहरूको व्यवहारले झन् तनाब थपेको छ । तर, यो वास्तविकता रियलमा नभई रिलमा हुनेछ। आगामी सातादेखि प्रदर्शनमा आउने अभिनेत्री रेखा थापाको चलचित्र ‘उपहार’ को कथा यहीँबाट सुरु हुन्छ।
यसअघि ट्रेलर र ३ वटा गीत सार्वजनिक भएको चलचित्र उपहारको बिहिबार अर्को गीत सार्वजनिक गरियो। जसमा अभिनेत्री रेखाले खुलेरै रोमान्स गरेकी छन् । यसमा उनलाई रोमान्टिक मुडमा देख्न सकिन्छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको ‘उपहार’मा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाललगायतले अभिनय गरेका छन् ।
रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता छन् । फिल्मको कार्यकारी निर्माता रेखाका श्रीमान बलराम शाही ठकुरी हुन् । हाल रेखा र उनका श्रीमान दुबै अमेरिका छन् । रेखाले गत साता मात्रै छोरीलाई जन्म दिएर घरमा अर्को ‘उपहार’ दिइसकेकि छन् ।

