प्रचण्डले भाइलाई सहइन्चार्ज दिएपछि जनार्दन रिसाए

काठमाडौं,१६ फागुन । नेकपा माओवादी केन्द्रको बुधबार सम्पन्न स्थायी समिति बैठकले गरेको निर्णयमा पार्टी उपमहासचिव जनादर्न शर्मा रिसाएका छन् ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना भाइ नारायण दाहाललाई सह इन्चार्ज बनाएको भन्दै शर्माले लिखित रुपमै असहमति राखेका हुन् । बैठकमा नेताहरूको कार्यबिभिजन हुँदा जनप्रतिनिधि रहेकालाई राखिएको थिएन। तर,प्रचण्डका भाइ नारायण दाहाल भने हाल सांसद छन् ।

स्थायी समिति बैठकले नेता हरिबोल गजुरेललाई पहिलोपटक प्रदेश इन्चार्ज दिएको छ। केही समय अघि प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट राजिनामा दिएका उनी कोसी प्रदेश इन्चार्ज भएका छन् ।

यसैगरी मधेसको इन्चार्ज लीलामणि पोखरेल र बागमतीको इन्चार्ज पुर्व सभामुख अग्नि सापकोटा भएका छन् । नेताहरुको कार्यविभाजन गर्दा हाल सांसद नभएका नेतालाई मात्रै जिम्मेवारी दिने भनिएको भएपनी प्रचण्डका भाइ नारायण दहाल भने बागमतीको सह इन्चार्ज भएका छन् ।

पहिले बागमती इन्चार्ज रहेका जनार्दन शर्मालाई सांसद भएका कारण जिम्मेवारीबाट हटाइएको तर,सोही मापदण्ड नारायण दाहाललाई लागू नभएको भन्दै शर्माले असहमति राखेको बुझिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय