हृदयघात हुँदा सबैभन्दा पहिला कानले दिन्छ यस्ता संकेत

मानिसलाई हृदयघात तुरुन्तै आउँछ भन्ने ठान्छन् तर, विज्ञहरू हृदयाघात हुनुअघि शरीरमा थुप्रै लक्षणहरू देखा पर्ने बताउँछन् । जसलाई समयमै ख्याल गर्न सके हृदयाघातको जोखिम कम हुनसक्ने विज्ञहरूकाे भनाइ छ । यीमध्ये एक हो कान दुख्ने ।

हृदयघातको प्रारम्भिक लक्षणमध्ये एक कान दुख्नु र भारी महसुस हुनु पनि एक संकेत भएकाे विज्ञहरूले बताएका छन् । जसलाई हामीले बेवास्ता गर्न नहुने विज्ञहरूकाे सुझाव छ ।

हृदयघातका लक्षणहरू कानसँग सम्बन्धित हुन्छन्

विज्ञहरूका अनुसार कान दुख्ने समस्या सामान्यतयाः हावाको कम वा उच्च चापका कारण हुने गर्छ । कहिलेकाहीँ चिसोमा पनि कान दुख्न थाल्छ, तर अनावश्यक रूपमा वा बारम्बार कान दुखिरह्यो, कानमा भारीपन महसुस भयो वा कानबाट तरल पदार्थ निस्कियो भने होसियार हुनुपर्छ ।

किनभने यसको पछाडि मुटुको समस्या हुनसक्छ। जुन हृदयघातको प्रारम्भिक लक्षण मध्ये एक हो । एक अनुसन्धानका अनुसार समस्या हुँदा कानमा दुखाइ र भारीपन हुन सक्छ। यो समस्या दाहिने कोरोनरी धमनीमा अवरोध हुँदा भविष्यमा हृदयघात हुन सक्छ।

कानको यसरी ख्याल राख्नुहोस्

कानलाई हाम्रो शरीरको सबैभन्दा नाजुक अंग मानिन्छ, जसको ख्याल गर्नु निकै जरुरी हुन्छ । जाडोमा कान छोपेर राख्नुपर्छ र कानलाई धुलो र प्रदुषणबाट जोगाउन बाहिर निस्कँदा कानमा कपास लगाउन हाल्नुपर्छ । यदि कान दुखाइ जारी छ भने, एक चिकित्सकसँग परामर्श गर्नुपर्छ।

यस बाहेक धुम्रपान, उच्च बोसोयुक्त आहार, मधुमेह, उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप र मोटोपना पनि हृदयघातसँग सम्बन्धित छन्, जसलाई हामीले बेवास्ता गर्नु हुँदैन। एजेन्सीबाट

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय