राष्ट्रिय सभा सदस्य बिष्णुदेवी पुडासैनीको सम्मान

काठमाडौ,१५ फागुन। राष्ट्रिय सभाको नवनिर्वाचित सदस्य बिष्णुदेवी पुडासैनीलाई गोकर्णेश्वर नगरपालिका वडा नम्बर-५ ले आज सम्मान गरेको छ।
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले दोसल्ला ओढाएर सम्मान पत्र सहित पुडासैनीलाई सम्मान गरेका थिए।

सम्मान गर्दै प्रमुख अतिथि मेयर रिसालले नगरलाई समृद्ध बनाउने आफ्नो अभियानमा साथ दिन स्थानीयलाई आग्रह गरे।उनले शिक्षा,स्वास्थ्य,खानेपानी,ढल लगाएत भौतिक पुर्वाधारमा नगरपालिकाले काम गरिरहेको बताउदै नगरवासीले चाहेको सेवा सुबिधा दिलाउन सके मात्रै आफ्नो लक्ष्य पूरा हुनेमा जोड दिए।

मेयर रिसालले महिला शसक्तिकरणको लागि नगरपालिकाले धेरै समुहसंग काम गरिरहेको भन्दै राष्ट्रिय सभा सदस्य निर्वाचित बिष्णुदेवी पुडासैनीबाट समेत यसमा हौसला थप्ने काम हुनेमा आफू आशावादी रहेको समेत सुनाए।

सम्मानित ब्यक्तित्व एवं राष्ट्रिय सभा सदस्य पुडासैनीले यो सम्मानले आफुलाई अझै जिम्मेवार बनाएको बताइन् । उनले मेरो राम्रो भैदिए हुन्थ्यो भन्ने चाहना सबैको भएको र त्यो पुकार भगवानले समेत सुनेपछि यो पदमा पुगेको बताइन् ।

यसैगरी उनले पद पाउनु भन्दा पनि पदको गरिमा जोगाउन सक्नु ठूलो कुरा हो भन्दै उनले भनिन् -‘म कमाउन वा कुनै मोजमस्ती गर्न त्यहाँ पुगेको होइन। त्यसमा म जिम्मेवार भएर लाग्छु । सबैको साथमा म रहन्छु।म तपाईं कसैको शिर झुकाउने छैन ।’

त्यागी र इमानदार स्वभावकि नेतृ पुडासैनी नेपाल महिला संघ काठमाडौको लामो समयदेखि सभापति रहदै आएकी छन्। उनी २०४९ सालमा साविक भद्रवास गाविस अध्यक्ष थिइन् ।

हाल नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेकि पुडासैनी गठबन्धनको तर्फबाट उम्मेदवार रहेर गत माघ ११ गते राष्ट्रिय सभामा निर्वाचित भएकी हुन् ।

कार्यक्रममा वडा अध्यक्ष नारायण बहादुर सुवेदीले बिष्णुदेवी पुडासैनीलाई सम्मान गर्न पाउनु वडाकै लागि गर्वको कुरा भएको भन्दै निर्वाचित भएकोमा बधाई र कार्यकाल सफलताको शुभकामना दिए।

कांग्रेस महाधिवेशन प्रतिनिधि दुर्गा बरालले बिष्णुदेवी पुडासैनीको बारेका जानकारी गराएका थिए। गोकर्णेश्वर वडा नम्बर-५ कि वडा सदस्य लक्ष्मी पुडासैनीको सभापतित्वमा भएको सम्मान कार्यक्रममा गोकर्णेश्वर नगर खेलकुद विकास समिति अध्यक्ष एवं कांग्रेस युवा नेता सन्जय लामा, केशब पुडासैनी,लिला भट्टराई लगायतले पनि धारणा राखेका थिए।


Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय