चलचित्र ‘सिटामोल’ को छायांकन सकियो

माओवादी द्वन्द्वको कथालाई मुख्य बिषय बनाइएको नेपाली चलचित्र ‘सिटामोल’को छायांकन सकिएको छ।
अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल मुख्य पात्र रहेको चलचित्र ‘सिटामोल’को छायांकन २५ दिनमै सकिएको हो। चलचित्रका निर्देशक राजबहादुर साने हुन् । उनी आफैंले लेखेको कथामा बनेको यो चलचित्रको अधिकांश छायांकन सिन्धुलीमा गरिएको छ ।
छायांकन सकिएसँगै निर्माण पक्षले मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालका रोमान्टिक तस्बिर समेत सार्वजनिक गरेको छ ।सिनेमाले माओवादी जनयुद्धको कथा उठान गरेको छ । चलचित्रमा सौगात र बेनिशासँगै लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मालगायत कलाकारको अभिनय छ ।

