वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

 

काठमाडौं,१४ फागुन । वरिष्ठ गायक, संगीतकार तथा भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ ।

ब्यथाले च्यापेपछी सोमबार दिउँसो मेडिसिटी अस्पताल लैजाने क्रममा उनको बाटोमै निधन भएको हो। ८२ वर्षीय आचार्य ३० वर्षदेखि कुनैपनी अन्न नखाई दूध मात्रै खाएर बाँचिरहेका थिए।

संगीतकार संघका अध्यक्ष चेतन सापकोटाका अनुसार अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज आचार्यले उनलाई मेडिसिटी अस्पताल लैजाँदा गर्दा बाटोमै निधन भएको हो ।

संगीतकार स्व.आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ ।

१९९९ सालमा धनकुटामा जन्मिएका आचार्यका दुई छोरा सत्यराज र स्वरुपराज पनि नेपाली संगीत क्षेत्रमा नै सक्रिय छन् । स्व.आचार्यले झन्डै ४ सय वटा गित गायका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय