अभिनेत्री निशा अधिकारीले जितिन अंश मुद्दा

काठमाडौ,१४ फागुन। अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषावकरविरुद्ध हालेको अंश मुद्दा जितेकी छन्।

नायिका निशाले पतिबट अंशबन्डा र मानाचामल पाउनुपर्ने माग गरी २०७९ भदौमा जिल्ला अदालत काठमाडौँमा मुद्दा हालेकी थिइन्।

न्यायाधीश शिशिरराज ढकालको इजलासले निशाले पति भेषावकरको सम्पत्तिबाट तीन भागको एक भाग अंश पाउने फैसला गरेकोे हो।

तर अदालतले नाबालक छोराको अंश निशालाई दिन भने अस्वीकार गरेको छ। २०७४ असारमा विवाह गरेका यो दम्पतीको ५ वर्षीय एक छोरा छन्। निशाले छोरा आफूसँगै रहेकाले पतिको सम्पत्तिको तीन भागको दुई भाग अंश पाउनुपर्ने दाबी गरेकी थिइन्।

तर अदालतले छोरा बालिग नहुन्जेल पति–पत्नी दुवैको संरक्षणमा रहने भएकाले उनले पाउने अंश पनि साझा नै रहने फैसला सुनाएको हो।

सम्बन्धमा दरार आएपछि निशाले अंश मुद्दा हालेकी हुन्। यस्तै अंश नपाउन्जेल आमाछोरा दुई जनाका लागि शरदले मासिक ४१ हजार रुपैयाँ खर्च दिनुपर्ने पनि फैसलामा उल्लेख छ। निशाले भने मासिक १ लाख माग गरेकी थिइन्।

शरदले अदालतमा दिएको बयानअनुसार निशा २०७५ मंसिरदेखि आफूखुसी माइतमा बसिरहेकी छन्। शरद नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी हुन् भने अभिनेत्री निशाले थुप्रै चलचित्रमा अभिनय गरेकी छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय