त्रिदेशीय टी-२० श्रृंखला खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं, १३ फागुन । मङ्गलबारदेखि काठमाडौंमा सुरु हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय टी-२० श्रृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ । क्यानले आज टी२० सिरिज खेल्ने टोली सार्वजनिक गरेको हो ।

क्यानले सार्वजनिक गरेको टोलीमा अधिकांश गत टी-२० विश्‍वकप ग्लोबल क्‍वालिफायरमै खेलेका खेलाडी छन् । भर्खर मात्रै सम्पन्‍न लिग २ को एकदिवसीय श्रृंखलामा नेपाली टोलीमा फर्किएका अनिलकुमार शाह पनि टी२० टोलीमा समावेश छन् ।

त्यस्तै फिनिसरका रुपमा चिनिने बिबेक कुमार यादव र डेथ ओभर स्पेशलिस्टका रुपमा परिचित अविनाश बोहरा पनि टोलीमा समावेश छन् । प्रतिश जिसी, राशिद खान, सन्दीप जोरा र सागर ढकाल पनि समावेश छन् ।

नेपालले पहिलो खेल मङ्गलबार नामिबियासँग खेल्ने छ । दोस्रो खेलमा बुधबार नेदरल्यान्ड्ससँग खेल्ने छ । त्यस्तै शुक्रबार पुनः नामिबिया र शनिबार पुनः नेदरल्यान्ड्ससँग खेल्ने छ । तीन टोलीमध्ये शीर्ष दुईमा रहने टोली अर्को मङ्गलबार फाइनल खेल्ने छन् ।

नेपालको टोली: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, अनिल शाह, राशिद खान, सागर ढकाल, प्रतिश जिसी, सोमपाल कामी, करण केसी, बिनोद भण्डारी, सन्दिप जोरा, विवेक यादव, अविनाश बोहरा।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय