ऋषि धमला पत्नी एलिजाले नयाँ फिल्म खेल्दै
पत्रकार ऋषि धमला पत्नी एवं मोडल एलिजा गौतमले नायिकाको रुपमा नयाँ चलचित्रमा अभिनय गर्ने पक्का भएको छ।
‘गुन्यो चोली’ निर्देशक समुद्र भट्टले निर्देशन गर्ने नयाँ फिल्ममा एलिजाको अपोजिट नायकमा निश्चल खड्काले खेल्ने छन् ।उनीहरुलाई अनुबन्धित गर्दै निर्देशक भट्टले तस्बिर सार्बजनिक गरेकी छन् । फिल्मको नाम भने घोषणा हुन बाकी छ।

द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको अनटाइटल प्रोजेक्टमा उनले एलिजा र निश्चललाई मुख्य भूमिकामा शनिबार अनुबन्धित गराएको बताएकी छिन् ।
आगामी बैशाख भित्रै छायांकन सुरु गर्ने गरि तयारी गरिएको फिल्मका बारेमा केही दिनमै सम्पूर्ण जनकारी दिने निर्माण पक्षले जनाएको छ । लभ स्टोरी क्राइम थ्रिलर रहने फिल्ममा समुद्रकै कथा रहने छ ।
अनुराग फिल्मबाट डेब्यु गरेकी एलिजाले त्यस यता थुप्रै म्यूजिक भिडियोमा काम गर्दै आइरहेकी छिन् । उनको यो दोस्रो फिल्म हुने छ । निश्चलले ‘लण्डन टु पेरिस’बाट रजतपटमा डेब्यु गरेका हुन् । यो फिल्म प्रदर्शनको तयारीमा रहेको छ । समुद्रले निर्देशन गरेको ‘गून्यो चोलो’पनि प्रदर्शन हुन बाकी छ ।

