अभिनेत्री रेखा थापालाई पुत्री लाभ

श्रीमान बलराम शाही ठकुरी र छोरी सहित अस्पतालमा नायिका रेखा थापा। तस्बिर स्रोत: सामाजिक संजाल

काठमाडौं ११ फागुन । हिम्मतवाली नायिका रेखा थापा र चलचित्र उपहारका कार्यकारी निर्माता बलराम शाही ठकुरीलाई पुत्री लाभ भएको छ।

हाल अमेरिकामा रहेकी नायिका थापाले ४.५ केजीको आफ्नो पहिलो सन्तान  छोरीलाई जन्म दिएकी हुन् । जन्मिने बित्तिकै छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ ।

श्रीमान र सासु ससुरा सहित अमेरिकाको कोलोराडोमा रहेकी नायिका थापाले त्यहीँको स्थानीय  अस्पतालमा छोरीलाई जन्म दिएपछि तस्बिर सामाजिक संजालमा राखेकी छिन् ।

श्रीमान र छोरीको समेत फोटो पोष्ट गर्दै सामाजिक संजालमा उनले लेखेकी छन् – ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ । वैभवी राज्यलक्ष्मी शाही ठकुरी।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय