मोरङमा ट्रक पल्टिएर च्यापिँदा तीन बालबालिकाको मृत्यु

मोरङ, ११ फागुन । मोरङमा भारतीय ट्रक पल्टिएर च्याप्दा तीन बालबालिकाको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–४ प्रगती टोलमा आर.जे.२९ जी.बी.१५६१ नम्बरको भारतीय ट्रक पल्टिँदा च्यापिएर गम्भीर घाइते भएकामध्ये तीनजनाको ज्यान गएको हो ।

उनीहरू आफ्नो घरको आँगनमा बसिरहेका थिए । मृत्यु हुनेमा चार वर्षीया इसिता अधिकारी र चार वर्षीय निशान्त अधिकारी छन् । उनीहरु एकै परिवारका जुम्ल्याहा सन्तान हुन् । उक्त घटनामा स्थानीय सञ्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको छ। घटनामा आमाहरु ज्योति खवास र सञ्जु खवास घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

मार्बलको सामान लिएर उद्योगतर्फ जाँदै गरेको ट्रक पल्टिँदा घटना भएको हो। मार्बलको कच्चा पदार्थ बोकेर भारतबाट बूढीगंगाको जेएनजे मार्बल उद्योगमा आउँदै गरेको ट्रक पल्टिएको प्रहरीले जनाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय