नामिबियाद्वारा नेदरल्यान्ड्सलाई २०४ रनको लक्ष्य

काठमाडौं, ११ फागुन । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक श्रृंखलाको पाँचौं खेलमा आज दुई पाहुना टोली नेदरल्यान्ड्स र नामिबिया खेलिरहेका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेदरल्यान्ड्सलाई ४५ ओभरमा २०४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । चिसो मैदानका कारण ढिला सुरु भएको खेल ४५ ओभरमा छोट्याइएको थियो । नामिबियाले ४१.३ ओभरमा अलआउट हुँदै २०३ रन बनायो । उसका लागि जान निकोल लफ्टी इटनले सर्वाधिक ४९ रन बनाए । रनआउट हुनुअगाडि उनले ४३ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै ओपनर मलान क्रुगरले ३९ रन बनाउँदा जान फ्रायलिंकले ३४ रुबेन ट्रम्पलमेनले अविजित २३ तथा जेन ग्रिनले २२ रन बनाए । नेदरल्यान्ड्सका भिभियन किङ्‍माले ६.३ ओभरमा १९ रन बनाएर ३ विकेट लिए । त्यस्तै आर्यन दत्तले ९ ओभरमा ४१ रन दिएर २ विकेट लिए । रोलफ भान डेर मरवेले ९ ओभरमा ३३ रन दिएर २ विकेट लिए । शरिज अहमद र बास डे लिडेले १-१ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय