चलचित्र ‘गोर्खा वारियर’ को काठमाडौमा भब्य प्रीमियर

काठमाडौ,९ फागुन। निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘गोर्खा वारियर’को काठमाडौमा भब्य प्रीमियर गरिएको छ।

आगामी शुक्रबार (फागुन ११)देखि प्रदर्शन गरिने फिल्म ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ।

झन्डै ३ बर्ष लगाएर निर्माण भएको चलचित्रमा देखाइएको दृश्य  काल्पनिकभन्दा पनि वास्तविक रुपमा सैनिकले लड्ने युद्धलाई समेट्न खोजिएको निर्देशक मिलन चाम्सले बताए।’सन् १९४९ को समयलाई पर्दामा देखाउनु सहज थिएन। यसका लागि मैले छायाङ्कनमा तीन वर्षको समय खर्चेको छु’ उनले भने-‘तयारी त मैले धेरै अगाडी गरेको हो। त्यसका लागि हामीले उक्त समयमा युद्धमा प्रयोग भएका वस्तु नै विभिन्न सङ्ग्रहालयबाट ल्याएर प्रयोग गरेका छौं ।’

अब नेपाली फिल्मकर्मीले वीरता र इतिहासको कथालाई पर्दामा ल्याउन ढिलाइ गर्न नहुनेमा निर्देशक चाम्सले जोड दिएका छन् । यसमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता रितेश चाम्स आफैं पूर्वगोर्खा सैनिक हुन्। उनले सेनाबाट अवकाश पाएपछि बेलायतमै अभिनयसम्बन्धी शिक्षासमेत लिए।

यसअघि धरान र पोखरामा प्रीमियर गरिएको यो चलचित्रमा बिजय लामा,रितेश चाम्स,रेबिका गुरुङ लगायतको मुख्य भुमिका छ।

नायक सुशील श्रेष्ठ
निर्देशक मिलन चाम्स सहित अन्य कलाकार
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली
कलाकार बिजय लामा
अभिनेता सरोज खनाल

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय