सीतापाइला घटना: मृतक महिलाका श्रीमान् पनि झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं, ९ फागुन । काठमाडौंको सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा सोलुखुम्बुका रामप्रसाद सुनार रहेका छन् । उनी घरभन्दा केही पर जङ्गलमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

यसअघि उनका श्रीमती र दुई छोरीहरु घरभित्रै मृत फेला परेका थिए । श्रीमति र छोरीको हत्या गरी आत्महत्या गरेको हुन सक्‍ने अनुमान गरिएको छ ।

घटनाबारे अनुसन्धान सुरु भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय