लिग २ क्रिकेट: नेपाल र नामिबियाबीचको खेल आज
वर्षा बाधक बन्न सक्ने !
काठमाडौं, ३ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियासँग खेल्दै छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार विहान साढे ९ बजेदेखि सुरु हुनेछ । खेलको डिशहोम एक्सन स्पोर्ट्स च्यानलमा तथा डिशहोम गो मार्फत प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।
नेपालको कप्तानी रोहितकुमार पौडेलले गर्ने छन् भने नामिबियाको कप्तानी जेरार्ड इरास्मसले गर्ने छन् । हालसम्म खेलेका ७ एकदिवसीय खेलमध्ये नामिबिया ४ खेलमा विजयी हुँदा नेपालले २ खेल जितेको छ ।
यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । नेपाल उक्त हारको बदला लिँदै दोस्रो जीतको खोजीमा हुने छ । नेपालले अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।
यो पनि:

