नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं, ८ फागुन । नेकपा एमालेको सातौं केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने बैठक फागुन ८, ९ र १० गते तीन दिनसम्म चल्ने छ ।

बैठकमा ६ कार्यसूची तय भएका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् ।

साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय