वीरगन्जमा अनिश्‍चितकालिन कर्फ्यू जारी !

वीरगञ्‍ज, ७ फागुन । पर्साको सदरमुकाम वीरगन्जमा सोमबार अपरान्ह ५ देखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक सूचना निकालेर वीरगन्ज महानगरपालिका क्षेत्रमा साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको हो।

रौतहटको ईशनाथ नगरपालिकास्थित मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने क्रममा हिन्दु र मुस्लिम समुदायबीच विवाद चलेको थियो । त्यही विवादको असर वीरगन्जमा पनि देखिएपछि सोमबार दुई अलग समुदायबीच ठाउँ ठाउँमा झडप भएको हो।

झडपले स्थिति तनावपूर्ण भएपछि कर्फ्यु आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । प्रशासनले वीरगन्जको सीमाक्षेत्र पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिण भन्सारको मितेरी पुलभित्र कर्फ्यु लगाएको हो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय