लिग २ क्रिकेटमा आज नामिबिया र नेदरल्यान्ड्स खेल्दै

काठमाडौं, ७ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आज तेस्रो खेल हुँदैछ । जसअन्तर्गत आज दुई पाहुना टोली नामिबिया र नेदरल्यान्ड्स आमनेसामने हुँदै छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार विहान सवा ९ बजेदेखि सुरु हुनेछ । खेलको डिशहोम एक्सन स्पोर्ट्स च्यानलमा तथा डिशहोम गो मार्फत प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।

नामिबियाको कप्तानी जेरार्ड इरासमसले गर्ने छन् भने नेदरल्यान्ड्सको कप्तानी स्कट एडवार्ड्सले गर्ने छन् । हालसम्म खेलेका एक मात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेदरल्यान्ड्सले बाजी मारेको छ ।

यसअघि बिहिबार भएको लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै शनिबार भएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । नेपालले अब बुधबार नामिबिया र आइतबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय