लिग २ क्रिकेट: नेदरल्यान्ड्समाथि नेपालकाे सहज जीत

काठमाडौं, ५ फागुन । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो दाेस्राे खेलमा नेपालले जीत हासिल गरेकाे छ । नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएकाे हाे ।
नेदरल्यान्ड्सले दिएकाे १३८ रनकाे लक्ष्य नेपालले १५.२ अाेभरमा १ विकेटकाे क्षतिमा पूरा गर्याे । नेपालका लागि ओपनर आसिफ शेखले अविजित रहँदै ५४ रन बनाए भने अनिल शाह ५७ रनमा अविजित रहे । त्यसअघि कुशल भुर्तेलले ११ बलमा २८ रन बनाएर आउट भए । नेदरल्यान्ड्सका भिभियन किङमाले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेदरल्यान्ड्सले नेपाललाई १३८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । नेदरल्यान्ड्सले ३९ ओभरमा अलआउट हुँदै १३७ रन बनायो । उसका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन बनाए । त्यस्तै बास डे लिडेले २७ रन बनाउँदा साइब्रान्ड एङ्गलब्रेटले २३ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिँदा कप्तान राेहित पाैडेल र साेमपाल कामीले १-१ विकेट लिए ।

