रेखा थापाको चलचित्र ‘उपहार’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौं, ४ फागुन । आगामी फागुन २५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘उपहार’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा फुटपाथमा व्यापार गर्नेहरुलाई महानगरले रोकेपछि र महानगरले सर्वसाधरणको घर भत्काएपछिको उत्पन्न परिस्थितिलाई चित्रण गरिएको छ ।
ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाललगायतका कलाकारको अभिनय रहेको छ ।
भिडियो:

