दाङमा महिला प्रहरीको गोली हानी हत्या
दाङ, ४ फागुन । दाङको घोराहीमा गोली प्रहार गरी एक महिला प्रहरीको हत्या भएको छ । घोराहीस्थित दामोदर चोकमा गोली प्रहारबाट ड्युटीमा रहेकी प्रहरी जवान धनमाया थापाको मृत्यु भएको हो ।

धनमायालाई उनका पति यमबहादुर झाँक्रीले गोली प्रहार गरेका हुन् । यमबहादुर पनि प्रहरी जवान हुन् । यमबहादुर नेपालगञ्ज तालिम केन्द्रमा तथा धनमाया वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत हुन् ।

गोली प्रहार गर्ने यमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।