बाबुराम-प्रचण्ड एकता टर्‍यो, माओवादीले नाम र चुनाव चिन्ह नफेर्ने

काठमाडौ,३ फागुन । नेकपा माओवादी केन्द्रले आफ्नो नाम र चुनाव चिह्न नफेर्ने भएको छ।यो सङ्गै डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसंगको एकता पनि अन्यौलमा परेको छ।

चार दिनदेखि काठमाडौँमा जारी माओवादी केन्द्रको विधान अधिवेशनले उक्त निर्णय गरेको हो। बाबुरामले पार्टी एकताको लागि नाम र चुनाब चिन्ह फेर्नुपर्ने सर्त राखेका थिए।तर,अधिवेशनमा उक्त कुरामा खासै चासो देखिएन । बरु नेकपा एमाले लगायत कम्युनिस्ट दलसँग एकताको कुरा भने उठेको थियो।

अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम (नेकपा माओवादी केन्द्र) र चुनाव चिह्न (गोलाकारभित्र हँसिया हथौडा) यथावत रहने बताएका हुन्।विधान अधिवेशनका क्रममा बनाइएका केही  समूहबाट भने पार्टीको नाम र चुनाव चिह्न फेर्ने सुझाव आएको थियो। ती समूहले बाबुरामले भनेजस्तै एकताको पहल गरेर दुवै कुरा फेर्न सुझाएका थिए।

माओवादी नाम फेरेर केही समूहले नेकपा समाजवादी राख्नसमेत सुझाएका थिए। तर तत्काललाई ती सुझाव लागु नहुने भएका छन्। यो निर्णयले पार्टी एकता वा ध्रुवीकरणको कुरा सेलाउने पक्का भएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय