नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, ३ फागुन । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् ।

‘बिहीबार दिउँसो ३ बजे सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बस्छ । सचिवालयले केन्द्रीय समिति बैठक बस्ने मिति तय गर्छ’, रिमालको भनाइ छ । एमाले केन्द्रीय समिति बैठकले पछिल्लो राजनीतिक अवस्थाको विश्लेषणसहित पार्टीको आगामी कार्यक्रम तय गर्ने नेताहरूले बताएका छन् ।

खासगरी २०८१ सालमा पार्टीले चलाउने अभियानबारे केन्द्रीय समिति बैठकले निर्णय गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय