आइसिसी क्रिकेट विश्‍वकप लिग २ मा आज नेपाल र नामिबिया खेल्दै

काठमाडौं, ३ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज नामिबियासँग खेल्दै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार विहान सवा ९ बजेदेखि सुरु हुनेछ । खेलको डिशहोम एक्सन स्पोर्ट्स च्यानलमा तथा डिशहोम गो मार्फत प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।

नेपालको कप्तानी रोहितकुमार पौडेलले गर्ने छन् भने नामिबियाको कप्तानी जेरार्ड इरास्मसले गर्ने छन् । हालसम्म खेलेका ६ एकदिवसीय खेलमध्ये नामिबिया ३ खेलमा विजयी हुँदा नेपालले ३ खेल जितेको छ ।

नेपालले त्यसपछि शनिबार नेदरल्यान्ड्ससँग खेल्ने छ । त्यसपछि अर्को साता बुधबार र शुक्रबार थप दुई खेल खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय