लिग २ का लागि अनिल शाह र देव खनाल टोलीमा समावेश

काठमाडौं, २ फागुन । नेपाल क्रिकेट संघ क्यानले बिहिबारदेखि काठमाडौंमा सुरु हुने आइसिसी विश्‍व क्रिकेट लिग २ को खेलका लागि अन्तिम टोली सार्वजनिक गरेको छ ।

क्यानले सार्वजनिक गरेको अन्तिम टोलीमा अनिल शाह र देव खनाल पनि समावेश भएका छन् । अघिल्लो साता सार्वजनिक गरिएको टोलीबाट अर्जुन साउद र रिजन ढकाल बाहिरिँदा क्यानडासँगको श्रृंखलामा राम्रो प्रदर्शन गरेका अनिल र देव अटाएका हुन् ।

क्यानडासँगको दोस्रो एकदिवसीय खेलमा २० बलमा अर्धशतक प्रहार गरेका अनिलले तेस्रो खेलमा शतक बनाएका थिए । त्यस्तै देव खनालले दोस्रो खेलमा ७६ रनको शानदार इनिङ खेलेका थिए ।

नेपालले लिग २ को पहिलो खेल भोलि बिहिबार नामिबियासँग खेल्दै छ । त्यसपछि शनिबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय