पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौ,१ फागुन । पाल्पामा जीप दुर्घटना हुँदा कम्तीमा ८ जना यात्रुको मृत्यु भएको छ भने सोही दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

मंगलबार अपराह्न साढे ४ बजे जीप दुर्घटना भएको हो। सदरमुकाम तानसेनको डुम्रेबाट तिनाउ गाउँपालिकास्थित चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनापछि अहिलेसम्म ८ जनाको शव घटनास्थलमा भेटिएको छ।

गाउँको भित्री कच्ची सडकमा भएको दुर्घटनामा मृतकको संख्या अझै बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ। घटनास्थलमा प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेका छन्।

जीप सडकबाट खसेर क्षतिग्रस्त अवस्थामा भेटिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय