दुर्गा प्रसाईंको कार्यक्रम शुरु,पुर्व राजादेखि दलका नेता कोही गएनन्
काठमाडौ,१ फागुन। गत बर्षदेखि नागरिक बचाउ अभियान लिएर हिंडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियानले एक बर्ष पूरा गरेको छ। काठमाडौको भृकुटीमण्डपमा शक्ति प्रदर्शनसंगै उनको कार्यक्रम सुरु भएको छ।
गत बर्ष फागुन १ गते झापाको मेचीपुलबाट सुरु भएको प्रसाईं नेतृत्वको राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति सहित नागरिक बचाउ अभियानको बार्षिकोत्सवमा पुर्व राजा ज्ञानेन्द्र शाह सहित मुख्य दलका नेता तथा पुर्व प्रधानमन्त्रीहरुलाई शुभकामना दिन निम्तो पठाइएको थियो।तर,कार्यक्रम स्थलमा पुर्व राजादेखी नेतासम्म कोहि देखिएनन् ।
प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिप प्रज्योलन गरिदिन र नागरिक अभिनन्दन लिइदिन अनुरोध पत्र पठाइएका थिए। तर,पुर्व राजा ज्ञानेन्द्र यतिबेला परिवार सहित २ साता लामो भ्रमणमा चितवन पुगेका छन् । गर्ने गरि चाजोपाजो मिलाए पनि ज्ञानेन्द्र भने उनको कार्यक्रममा नजाने भएका छन् ।
उनले राजनीतिक दलका मुख्य नेता एवं प्रतिनिधिलाई समेत सभामा आमन्त्रित अतिथिको रुपमा बोलाएर शुभकामना मन्तव्य दिन आग्रह गरेका थिए। तर मन्चमा उनी र उनको अभियानमा लागेका बाहेक अरु देखिएका छैनन् । राजावादी दल राप्रपा र राप्रपा नेपालका अध्यक्षद्वय राजेन्द्र लिङ्देन र कमल थापा पनि कार्यक्रममा देखिएनन् । तर,राप्रपाका कार्यकर्ता भने कार्यक्रम स्थलमा देखिएका छन्।
प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायतलाई पनि निम्तो दिएका थिए। तर,उनीहरुले आउछु आउदिन केही नभनी वेवास्ता गरिदिए।
प्रसाईंले मंचबाटै ‘भ्रष्टाचारी’ र ‘तस्कर’ भन्दै १६ जना व्यापारी र केही राजनीतिक दलका नेताको नाम घोषणा गर्ने भनेका छन् तर,त्यसमा को-को छन् भन्ने खुलाएका छैनन्।