दुर्गा प्रसाईंले शक्ति प्रदर्शन गर्दै, ३१ तस्कर र भ्रष्टाचारीको नाम सार्वजनिक गर्ने

काठमाडौ,१ फागुन। झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आज काठमाडौको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने भएका छन् ।
राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति सहित नागरिक बचाउ अभियान सुरु गरेको बर्षदिन पुगेको अवसरमा उनले आज काठमाडौमा शक्ति देखाउन लागेका हुन। गत बर्ष फागुन १ मा झापाको काकडभिट्टाबाट उनको अभियान सुरु भएको थियोे ।

प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अभिनन्दन गर्ने गरि चाजोपाजो मिलाए पनि ज्ञानेन्द्र भने उनको कार्यक्रममा नजाने भएका छन् । गत बर्षको अभियान सुरु गर्दा पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारका सदस्य साथमा थिए।

दुर्गा प्रसाइको कार्यक्रमका लागि देशका ६४ जिल्लाबाट मानिसहरू काठमाडौ आएको र आजै ३१ जना तस्कर र भ्रष्टाचारीको नाम सार्वजनिक गर्ने तयारी समेत रहेको बुझिएको छ।उनले फागुन १आ आफ्नै नेतृत्वमा सरकार घोषणा गर्ने समेत भनेका थिए । तर,कार्यक्रम अनुसार ज्ञानेन्द्रको अभिनन्दन र सरकार घोषणा स्थगित भएको छ।

काठमाडौको टुँडीखेलमा कार्यक्रम गर्न अनुमति नपाएपछि प्रसाईँले भृकुटीमण्डपमा कार्यक्रम गर्न पाएका हुन् ।प्रशासनले टुडिखेलमा चीनिया कार्यक्रम भएकोले भृकुटीमण्डममा कार्यक्रम गर्न अनुमति दिएको हो। गत मंसिर ७ गते पनि प्रसाईंले काठमाडौ केन्द्रित कार्यक्रम गरेका थिए।

यसपटक उनले राजनीतिक दलका मुख्य नेता एवं प्रतिनिधिलाई समेत सभामा आमन्त्रित अतिथिको रुपमा बोलाएर शुभकामना मन्तव्य दिन आग्रह गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायतलाई पनि उनले निम्तो दिएका छन् । तर यी मध्य कोहि पनि जाने टुंगो छैन।

आज मंचबाटै ‘भ्रष्टाचारी’ र ‘तस्कर’ भन्दै १६ जना व्यापारी र केही राजनीतिक दलका नेताको नाम घोषणा गरिने दुर्गा प्रसाईंको निजि सचिवालयले जनाएको छ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय