अनिल र भीमको शतकमा नेपालको प्रभावशाली जित

काठमाडौं, २९ माघ । काठमाडौंमा जारी नेपाल र क्यानडाबीचको एकदिवसीय श्रृंखला नेपालले क्लिन-स्वीप गरेको छ । सोमबार भएको खेलमा क्यानडामाथि ९ विकेटको प्रभावशाली जीत निकाल्दै नेपालले श्रृंखला ३-० ले जितेको हो ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर अनिल शाह र भीम सार्कीले शतकीय पारी खेले । अनिलले अविजित ११२ रन बनाउँदा भीम पनि १०१ रनमा अविजित रहे । क्यानडका लागि दिलोन हेलिङ्गगरले एकमात्र विकेट लिए ।

त्यसअघि कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर हुँदै २८५ रन बनायो । क्यानडाका लागि ‍‌ओपनर नवनीत धलिवालले ५० तथा निखिल दत्ताले ४५ रन बनाए । कप्तान साद बिन जफर ३१ रनमा अविजित रहे ।

नेपालका लागि डेब्युटेन्ट हेमन्त धामीले ८ ओभरमा ४९ रन दिएर ३ विकेट लिए । त्यस्तै कुशल मल्लले १० ओभरमा ३८ रन दिएर २ विकेट लिए । ललित राजवंशी र आकाश चन्दले १-१ विकेट लिए ।

यसअघि नेपालले पहिलो खेलमा ७ रन तथा दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । अब नेपालले आइसिसी विश्‍व क्रिकेट लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग आउँदो बिहिबारदेखि खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय