क्यानडाद्वारा नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं, २९ माघ । काठमाडौंमा जारी नेपाल र क्यानडाबीचको एकदिवसीय श्रृंखलाअन्तर्गत आज तेस्रो खेल भइरहेको छ । कीर्तिपुरमा जारी खेलमा क्यानडाले नेपाललाई २३३ रनको बलियो लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर हुँदै २३२ रन बनायो । क्यानडाका लागि ‍‌ओपनर नवनीत धलिवालले ५० तथा निखिल दत्ताले ४५ रन बनाए । कप्तान साद बिन जफर ३१ रनमा अविजित रहे ।

नेपालका लागि डेब्युटेन्ट हेमन्त धामीले ८ ओभरमा ४९ रन दिएर ३ विकेट लिए । त्यस्तै कुशल मल्लले १० ओभरमा ३८ रन दिएर २ विकेट लिए । ललित राजवंशी र आकाश चन्दले १-१ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय