हेमन्त धामीले लिए डेब्यु ओडीआई विकेट
काठमाडौं, २९ माघ । तीव्र गतिका बलर हेमन्त धामीले नेपालका लागि ओडिआईमा पहिलो विकेट लिएका छन् । डेब्यु खेल खेलिरहेका उनले आफ्नो दोस्रो ओभरमा आरोन जोनसोनलाई ४ रनमा आउट गरेका हुन् ।
आजको खेलमा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिले बलिङ गर्ने निर्णय गरेका थिए । नेपालले आजको खेलमा चार परिवर्तन गर्दै हेमन्तलाई डेब्यु दिएको थियो । हेमन्तले नेपालबाट ४१औं ओडीआई क्याप पाएका हुन् ।
अघिल्लो खेलबाट भीम सार्की, सोमपाल कामी, आसिफ शेख र रिजन ढकाल बेन्चमा छन् । कुशल भुर्तेल, ललित राजवंशी र आरिफ शेख फर्किएका छन् ।
नेपालको आजको टोली: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, कुशल मल्ल, अनिल साह, पवन सर्राफ, हेमन्त धामी, सूर्य तामाङ, ललित राजवंशी, देव खनाल, आकाश चन्द