क्यानडाविरुद्ध नेपालले टस जित्यो, हेमन्तको डेब्यु

काठमाडौं, २९ माघ । काठमाडौंमा जारी एकदिवसीय श्रृंखलाअन्तर्गत क्यानडासँगको तेस्रो खेलमा नेपालले टस जितेको छ ।

टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिले बलिङ गर्ने निर्णय गरेका छन् । नेपालले आजको खेलमा चार परिवर्तन गर्दै एक खेलाडीलाई डेब्यु दिएको छ ।

तीव्र गतिका बलर हेमन्त धामीले नेपालका लागि एकदिवसीय क्रिकेटमा डेब्यु गर्दै छन् । त्यस्तै अघिल्लो खेलबाट भीम सार्की, सोमपाल कामी, आसिफ शेख र रिजन ढकाल बेन्चमा छन् । कुशल भुर्तेल, ललित राजवंशी र आरिफ शेख फर्किएका छन् ।

नेपालको आजको टोली: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, कुशल मल्ल, अनिल साह, पवन सर्राफ, हेमन्त धामी, सूर्य तामाङ, ललित राजवंशी, देव खनाल, आकाश चन्द

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय