सन्दर्भ अख्तियार दिवस: किन रोकिँदैन भ्रष्टाचार ?

ताराप्रसाद पोख्रेल

हाम्रो देशको लागि अहिले भ्रष्टाचार प्रमुख रोग भएको छ । सबैजसो राजनीतिक दलका नेतादेखि सरकार र स्वयं भ्रष्टाचार निवारण गर्ने अधिकार प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैंपनि भ्रष्टाचार भएको स्वीकार गर्छ र यसलाइ रोक्नुपर्छ भनिरहेको छ।

नेतादेखी सरकारमा बस्ने सम्म र कर्मचारीदेखि जनतासम्म सबैले एउटै स्वरमा ‘भ्रष्टाचार भएको छ यसलाई रोक्नुपर्छ’ भनेपनि किन भ्रष्टाचार रोकिदैन ? आजको मुख्य प्रश्न यहि हो। आइतबार (माघ२८ गते) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३३औं स्थापना दिवस मनायो । जसमा राष्ट्रपति , प्रधानमन्त्री र अख्तियार प्रमुखले भाषणमा त्यै कुरा दोहोर्‍याए । उनीहरुको मुख्य जोड नै भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने नै थियो। भाषणमा सबैको एउटै स्वर भ्रष्टाचार गर्नु हुदैन भन्ने आसय भएर पनि बारम्बार भ्रष्टाचार किन भइरहेको छ त ?

यहाँ बोल्दा भ्रष्टाचार भयो भन्ने अनि अर्कोतर्फ गएर भ्रष्टाचार गर भनी सिकाउछ्न कि , कर्मचारी तन्त्रले सरकारलाई नटेरेको हो कि । जति सरकारले आदर्शका कुरा गरेपनी भ्रष्टाचार गर्न प्रेरित गर्ने सरकार नै हो । किनकी भ्रष्टहरुलाइ सुचना दिएर पक्राउ गरेपनी प्रयाप्त प्रमाण नभएर छुट्नु त स्वाभाविक हो तर भएका प्रमाणहरुलाइ लुकाएर मुद्दा कमजोर बनाएर अदालतमा पेश गरेपछी छुट्ने गर्छ्न । अभियुक्तले पैसाको प्रलोभन देखाइ मुद्दा कमजोर बनाउने काम त्यो क्षेत्रको अख्तियारका कर्मचारिले नै गर्दछ्न । त्यो भन्दा बाहेक साक्षिलाइ खरिद गर्ने , विशेष अदालतमा आएपनी लालची ओकिल र न्यायाधीश परेभने मुद्दा राम्ररी नहेरी त्यही अभियुक्तले जिति छुट्ने गरेका धेरै प्रमाणहरु छ्न ।

भ्रष्टाचार गर्न सहयोग गर्ने अर्को कसैले पनि अनुमान गर्न नसकेको पात्र अडिटर पनि हो । अडिटरले नहुने कुरालाइ मिलाउन सिकाउने र त्यही अनुसार श्रेस्ता मिलाएर भ्रष्टाचार गर्ने भएकोले त्यो अडिटरलाइ पनि पहिलो नजरमा राख्नुपर्छ । अर्को कुरा भ्रष्टाचार गरेको अख्तियारले राम्रो प्रमाण जुटाएर अदालतमा पेश गरेपनी अभियुक्तले लालच देखाएपछी सरकारी ओलिक र न्यायाधीशको पनि नियत डगमगाएर राम्रो मुद्दा हेर्ने र राम्ररी बहस गरिदिदैनन । राम्रो तर्क नराखेपछी र राम्ररी नहेरेपछी अभियुक्त सजिलै छुट्ने गर्छ । भ्रष्टाचार गरेको रकमको ५०% रकम न्यायाधीश र ओकिल र अख्तियारलाई दिए ५०% त भ्रष्टाचारिलाइ बचेपछी त्यो ५०% खर्च गर्न पछि पर्दैन । यसरी अख्तियार , न्यायाधीश , सरकारी ओलिक र अडिटरहरुले भ्रष्टाचारिलाइ नै संरक्षण गर्छ्न ।

अब सरकारमा बसेका शक्तिशाली भनाउदाहरुले कसरी भ्रष्टाचार गर्न प्रेरित गर्छ भन्ने यो कुराबाट थाहा पाइन्छ । जस्तो-: कुनै मालदार मन्त्रालयको मन्त्री , सचिब बनाउन मोटो रकम माग गर्दै भन्छ्न कि त्यो मन्त्रालय गए राम्रो कमाइ हुने ठाउँ हो त्यही गएर कमाउनु , बिभागको निर्देशक पठाउदा पनि त्यही भनी पठाउछ्न । सस्थानको जिएम , भन्सारको हाकिम , मालपोतको हाकिम , राजस्व अनुसंधानको हाकिम जहाँ जाहा पैसाको चलखेल बढी र जोखिम हुने ठाउँमा पनि यसरी नै मोटो रकम खाएर नियुक्ति गरेका हुन्छ्न । अख्तियारको प्रमुख आयुक्त देखि आयुक्तलाई पनि त्यही भनिएको हुन्छ । यसरी राज्यका सबै निकायमा पैसा खाएर नियुक्ति गरेपछी त्यो अशुल गर्न पनि भ्रष्टाचार गर्नै पर्यो । सरकारले त्यस्तो सस्थागत भ्रष्टाचारलाई नरोकेसम्म केही हुदैन । अहिलेको नयाँ कर्मचारीकोमा त्यति समस्या छैन । पुराना कर्मचारीमा यस्तो समस्या छ। अहिले नेपालमा अख्तियारका क्षेत्रीय कार्यलयहरु इटहरी , बर्दिबास,बुटवल,हेटौंडा ,पोखरा,नेपालगंज,सुर्खेत र कंचनपुरमा छ्न । इटहरीको अख्तियार कार्यलय धेरै भ्रष्ट छ । जो कर्मचारी आएपनी सुध्रने देखिदैन । उजुरी धेरै आएपनी केही मुद्दा कमजोर बनाएर अदालत पठाउछ र हार्छ केही मुद्दालाइ मोटो रकम खाएर माथिकै सेटिङमा तामेलिमा राख्छ्न । अरु क्षेत्रीय कार्यलयको हालत पनि त्यही होला ।

यहि अबस्थामा अख्तियारले जति स्थापन दिबश मनाए पनि जति चिच्याएपनी केही हुदैन । भ्रष्टाचार रोक्ने हो भने कर्मचारीतन्त्रलाइ कडा निगरानी गर्ने र अख्तियारको स्वरुप परिबर्तन गर्नै पर्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय