नदीजन्य पदार्थ चोरी निकासी गर्ने सवारी नियन्त्रणमा

कास्की, २८ माघ। अवैध रुपमा नदिजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) चोरी निकासी गर्ने सवारी साधनलाई जिल्ला प्रहरी कास्कीले नियन्त्रणमा लिएको छ।
स्थानीयले दिएको सूचनाको आधारमा सिआरभी लामाचौरबाट खटिई गएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. १६ बाट ती सवारीसाधन नियन्त्रणमा लिएको हो।
पोखरा-१६ मा अबैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा ओसारपसार गरी रहेको अवस्थामा ग १ ख ८५८६ नम्बरको मिनि टिप्पर र बा २ ख ३०४६ नम्बरको टिप्परलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एंव कारवाहीको लागी अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरा र आन्तरिक राजश्व कार्यालय पोखरा पठाइएको प्रहरीले जनाएको छ।

