त्रिवि उपकुलपति : प्रचण्डका प्रीय ‘सर्टलिस्ट’मै परेनन् !

काठमाडौ,२७ माघ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सिफारिस भएका १४ जना उम्मेदरवारको अल्पसूची (सर्टलिस्ट) सार्वजनिक भएको छ। जसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘प्रीय’ भनिएका एक उम्मेदवार सर्टलिष्टबाटै बाहिरिएका छन् ।

पहिलो बिज्ञापनमा एक ब्यक्तिलाई हेरेर योग्यता राखिएको भन्ने आरोप आएपछि दोस्रो बिज्ञापन खुलाइएको थियो। माओवादी पृष्ठभुमिका डा.चन्द्रमणी पौडेललाई ल्याउन खोजिएको आरोप लागेको बेला दाबेदार भनिएका पौडेल १४ जना भित्र नै परेनन् ।

अबको १४ जना मध्य डा.केशरजंग बराल माओवादीको तर्फबाट लबिङमा छन् । उनी माओवादी कोटामै पोखरा बिश्वबिद्धालयको पुर्व उपकुलपति भएका ब्यक्ति हुन् । अहिलेको सर्टलिस्ट गरिएको १४ उम्मेदवार मध्य उनको नाम यथावत छ।

प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि छनोट भएका १४ उम्मेदवारको बर्णानुक्रमअनुसारको अल्पसूची सार्वजनिक भएको छ। त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समितिले बिहीबार १४ जना उम्मेदवारको अल्पसूची सार्वजनिक गरेको थियो।

पहिलोपटक त्रिविले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको तयारी अघि बढाएको हो। यद्यपि यसमा पनि चलखेल हुनसक्ने भन्दै कतिपयले निगरानी गरिरहेका छन् । नियुक्तिको लागि त्रिविले गएकाे पुस २३ गते दरखास्त आह्वान गरेको थियो।

साे आह्वानअनुसार त्रिवि उपकुलपति पदका लागि ४३ जनाको आवेदन परेको थियो। जसमध्येबाट १४ जनाको नाम सर्टलिस्टमा परेको हो।

सर्टलिस्टमा कुशुम शाक्य, डा.केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौडेल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलबासे, प्रकाश घिमिरे, भेजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापा परेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय