पाकिस्तानमा इमरान खान समर्थकको अप्रत्याशित जित

पाकिस्तानमा हिजो सम्पन्न चुनावको मतपरिणाम सार्वजनिक हुनेक्रममा रहेको छ। खबर अनुसार जेलमा रहेका इमरान खान समर्थक उम्मेदवार अगाडी छन् ।

इमरानलाई त्यहाँको सरकारले विभिन्न ३ वटा मुद्दामा ३१ बर्षको कैद सजाय सुनाएको र उनको पार्टीलाई चुनाव लड्न प्रतिबन्धसङ्गै चुनाव चिन्ह समेत खोसिएको छ। यति हुँदाहुँदै पनि जेलबाट नै इमरानको जादु चलेको र उनी समर्थक स्वतन्त्र उम्मेदवारहरु बिजयी बनिरहेका छन् ।

पाकिस्तानमा सेनाको समेत समर्थन पाएका नवाज शरिफलाई भने निर्वाचनमा झट्का लागेको छ।

मतदान सकिएलगत्तै गणना सुरु भएको छ। सुरूवाती रूझानमा जेलमा रहेका इमरान खान समर्थक निर्दलीय उम्मेदवारहरूले अग्रता बनाएका छन्।

सुरूवाती रूझानले सेनाको पनि साथ मिलेको भनिएका नवाज शरिफलाई झट्का लागेको छ।सुरूवाती गणनामा उनी आफैं पनि पछि परेका छन्। यो मतगणनाको परिणाम आज दिनभरमा आइसक्नेछ।

पाकिस्तानको नेशनल एसेम्बलीमा जम्मा ३३६ सिट छन्। यिनमध्ये २६५ सिटमा चुनाव भएको हो। बाँकी सिट रिजर्भ हुन्। अहिलेसम्म २६५ मध्ये १३८ सिटको रूझान आएको छ। जसमध्ये इमरान खानको पार्टीलाई समर्थन गर्ने निर्दलीय उम्मेदवार ८२ सिटमा अगाडि देखिएका छन्।यद्यपि इमरानको पार्टी पीटआईलाई चुनाव लड्न दिइएको छैन ।

उता ३५ सिटमा नवाज शरिफको पार्टी पीएमएल-एन र १७ सिटमा पर पाकिस्तान पिपुल्स पार्टीका उम्मेदवार अगाडि छन्।

मतदानका क्रममा देशभर कयौं घण्टासम्म मोबाइल र इन्टरनेट सेवा पूरै बन्द गरियो। मतगणनाका क्रममा पनि विभिन्न वेबसाइटमा भइरहेको मतगणनाको अपडेटसमेत रोकिएको छ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय