क्यानडाविरुद्ध नेपालले टस जित्यो, रिजन र सूर्यको डेब्यु
काठमाडौं, २५ माघ । एकदिवसीय श्रृंखलाअन्तर्गत क्यानडासँगको पहिलो खेलमा नेपालले टस जितेको छ ।
टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपालले आजको खेलमा २ खेलाडीलाई डेब्यु दिएको छ ।
रिजन ढकाल र सूर्य तामाङले एकदिवसीय क्रिकेटमा नेपालका लागि डेब्यु गर्दै छन् ।
नेपालको आजको टोली: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, सोमपाल कामी