नापी कार्यालय कलंकीका सर्वेक्षक र लेखनदास घुस सहित पक्राउ

काठमाडौं, २५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्वेक्षक र लेखन्दासलाई एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेको छ।

नापी कार्यालयका सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई बुधबार नापी कार्यालय परिसरबाटै घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ।

उनीहरुले जग्गा हालसाबिक र कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ।

अख्तियारले चौलागाईंको साथबाट ४५ हजार र पोखरेलको साथबाट ५५ हजार रुपैयाँ बरामद गरिएको हो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय