चलचित्र ‘दयारानी’को आक्रामक बुकिङ

काठमाडौं । कलाकार एवं निर्देशक माओत्से गुरुङ निर्देशित नेपाली कथानक चलचित्र ‘दयारानी’शुक्रबारदेखि प्रदर्शन हुने भएको छ।

अमेरिका,अष्ट्रेलिया र नेपालमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘दयारानी’ सामाजिक कथामा बनेको दयाहाङ राई अभिनित बहुप्रतिक्षित चलचित्र हो।

अहिले चलचित्र ‘दयारानी’को अग्रिम टिकट बिक्री खुला भएको छ । चलचित्रले नेपाल तथा विदेशमा आक्रामक बुकिङ पाएको छ। देशव्यापी ११३ शो प्राप्त गरेको चलचित्रले विदेशमा ४०० शो पाएको छ ।

यसअघि पोखरा प्रिमियर गरिसकेको चलचित्रले आज बिहीबार काठमाडौं प्रिमियर गर्दैछ । निर्देशक माओत्से गुरुङले पोखराबाट चलचित्रले प्राप्त प्रतिक्रियामा खुशी व्यक्त गरे। पोखरा प्रीमियरमा पोखरा महानगर प्रमुख धनराज आचार्य सहित नेता,बुद्धिजीवी,नागरिक अगुवा,व्यवसायी,कलाकार र पत्रकारको बाक्लो उपस्थिति थियो।

कबड्डी निर्देशक रामबाबु गुरुङको बाँसुरी फिल्म्स र माओत्से फिल्म्सको ब्यानरमा निर्माण भएको दयारानीमा दयाहाङ राई, दीया पुन, विजय बराल, प्रमिशा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र कृष्टि गुरुङको अभिनय छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय