प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा आज सार्वजनिक बिदा

लुम्बिनी, २१ माघ । लुम्बिनी प्रदेश सरकारले आइतबार स्थापना दिवस मनाउँदै छ । यस अवसरमा प्रदेशभर सार्वजनिक बिदा पनि दिइएको छ ।
लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको माघ २१ गतेलाई प्रदेश स्थापना दिवस मनाउने निर्णय गरिएको थियो।
दिवसका अवसरमा विभिन्न औपचारिक कार्यक्रमहरु आयोजना गरिएको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायतले सम्बोधन गर्नेछन् ।

