बङ्गलादेशलाई ५ रनले हराउँदै पाकिस्तान सेमिफाइनलमा

काठमाडौं, २० माघ । पाकिस्तान आइसिसी यु-१९ क्रिकेट विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा बङ्गलादेशलाई ५ रनले हराउँदै पाकिस्तानले अन्तिम चारमा स्थान बनाएको हो ।

पाकिस्तानले दिएको १५६ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले ३५।५ ओभरमा सबै विकेट गुमाएर १५० रन बनायो ।सेमिफाइनलमा स्थान बनाउन बङ्गलादेशले ३८.१ ओभरमा लक्ष्य भेटाउनु पर्ने समीकरण थियो । सोही अनुरुप बङ्गलादेशले पाकिस्तानलाई कम योगफलमा रोकेर लक्ष्य पूरा गर्न झिनो अन्तरले असफल रह्‍यो ।

बङ्गलादेश समूह चरणमा दुई खेल जितेर सुपर सिक्समा‌ पुगेको थियो भने २ अंकबाट सुपर सिक्स सुरु गर्दै नेपाललाई हराएको थियो ।  तर पाकिस्तानसँग भने पराजित हुन पुग्यो ।

सेमिफाइनलमा अब पाकिस्तानले अस्ट्रेलियाको सामना गर्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय