सचिन र उदयको शतकमा भारतको विशाल योगफल

काठमाडौं, १९ माघ । दक्षिण अफ्रिकामा जारी आइसिसी यु-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा अहिले नेपाल र भारत खेलिरहेका छन् । टस जितेर पहिले ब्याटिङ गरेको भारतले नेपालसामु २९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
भारतले ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनायो । भारतका लागि सचिन दास र कप्तान उदय सहारनले शतक प्रहार गरे । सचिनले ११६ रन बनाउँदा उदयले १०० रन बनाए । यी दुई मिलेर चौथो विकेटका लागि २१५ रनको साझेदारी गरे । नेपालका गुल्शन झाले १० ओभरमा ५६ रन दिएर ३ विकेट लिए भने आकाश चन्दले ९ ओभरमा ६५ रन दिएर १ विकेट लिए ।
नेपाल सेमिफाइनल दौडबाट भने बाहिरिसकेको छ ।

