पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, १७ माघ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ ।

बिहिबार विहान १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

पेट्रोल, डिजेलमा प्रतिलिटर ४ रुपैयाँले तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ ।

खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय