आहा ! रारा पोखरा गोल्डकप: फाइनल प्रवेशका लागि थ्रीस्टार र जावलाखेल भिड्दै

पोखरा, १७ माघ । पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलका खेलहरु आजदेखि सुरु हुँदै छन् । बुधबार पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लब र जावलाखेल युथ क्लब आमनेसामने हुँदै छन् । खेल दिउँसो साढे २ बजेदेखि पोखरा रङ्गशालामा सुरु हुने छ ।

थ्रीस्टारले क्‍वाटरफाइनलमा भुटानको पारो एफसीलाई २-० गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो भने जावलाखेलले ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई सडन डेथमा स्तब्ध पार्दै सेमिफाइनलको बाटो खुलाएको थियो ।

बिहिबार दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी क्लब भिड्ने छन् । फाइनल खेल शनिबार हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय