यु-१९ विश्वकपको सुपर सिक्समा नेपालले बङ्गलादेशसँग खेल्दै

काठमाडौं, १७ माघ । दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।
नेपालको सेमिफाइनल सम्भावनाम भने समाप्त भइसकेको छ । मङ्गलबार भएको खेलमा भारत र पाकिस्तान आ-आफ्ना खेलमा विजयी भएसँगै नेपालले सुपर सिक्सको खेल खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिर भएको हो । बङ्गलादेशको भने अझै झिनो सम्भावना बाँकी रहेको हुँखा नेपाललाई हराएर अंक गणितिय सम्भावना कायमै राख्न चाहने छ ।
नेपाल अंकविहीन हुँदै सुपर सिक्समा प्रवेहश गरेको थियो । भारत र पाकिस्तानको ६ अंक भइसकेको छ । नेपालले दुवै खेल जितेको खण्डमा पनि नेपालको ४ अंक मात्र हुने छ ।
नेपाल समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो ।

