पोखरामा लिफ्टबाट खसेर इन्जिनियरको ज्यान गयो

पोखरा, १६ माघ । पोखराको लेकसाइडमा निर्माणाधिन घरको लिफ्टबाट खसेर एकजनाको मृत्यु भएको छ ।

खहरेमा बन्दै गरेको एक घरको तातो पानीको सर्भे गर्ने क्रममा लिफ्टबाट खसेर मुक्ति इनर्जी प्रालिमा कार्यरत इन्जिनियर ३७ वर्षीय प्रविण भट्टराईको ज्यान गएको हो ।

लिफ्टबाट खसेर गम्भिर घाइते भएका भट्टराईलाई गण्डकी मेडिकल कलेज लगिएकामा उपचारको क्रममा उनको ज्यान गएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय