बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियान

पोखरा, १६ माघ । पोखरा महानगरपालिका वडा नं. १९ मा बाँदरले दु:ख दिएको भन्दै वडाले ‘मेरो रुख म काट्छु’ अभियान सञ्चालन गर्ने भएको छ । वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गरी उक्त अभियानमा सरिक हुन निर्देशन दिएका छन् ।

सूचनामा साविक लामाचौर पुरञ्चौर क्षेत्र बाँदरबाट अतिप्रभावित क्षेत्र भएको र प्रदेश सरकारले पनि चालु आर्थिक वर्षको नीति कार्यक्रममै बाँदर नियन्त्रण गर्ने उल्लेख गरेको भन्दै १० दिनभित्र सबै रुख काट्न निर्देशन दिइएको छ ।

उक्त सूचना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ भने यसको चौतर्फी आलोचना भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय